मालदामा शुद्ध खानेपानी आपूर्ति योजनाको शिलान्यास

455e0755-0d26-40ec-98df-e0129dcb1563

मालदा: मालदामा शुद्ध खानेपानी आपूर्ति योजनाको शिलान्यास गरियो। आइतबार मालदा कालियाचक २ ब्लकको राजनगर क्षेत्रको नयाग्राम क्षेत्रमा यो शुद्ध खानेपानी आयोजनाको शुभ शिलान्यास गरिएको हो। राज्यमन्त्री सबिना यास्मिनले नरिवल भाँचेर शिलान्यास गरेकी हुन्। अन्य महानुभावहरुको पनि उपस्थिति रहेको थियो। यस सम्बन्धमा मन्त्री सबिना यास्मिनले माननीय मुख्यमन्त्री ममता ब्यानर्जीको प्रेरणाले हरेक घरघरमा स्वच्छ खानेपानी उपलब्ध गराउन कटिबद्ध रहेको बताइन्। त्यसै अन्तर्गत आजबाट स्वच्छ खानेपानी आपूर्तिको काम औपचारिक रुपमा सुरु भएको छ। यो कामका लागि करिब ५ करोड रुपियाँ विनियोजन गरिएको छ।

About Author

Advertisement