मार्विक स्पोर्टिंग क्लब सेमिफाइनलमा

IMG_20220910_210614.jpg

१० सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा मार्विक स्पोर्टिंग क्लबले सेमिफाइनलमा स्थान बनायो। लेबोंगको गोर्खा स्टेडियममा शनिवार भएको दोस्रो क्वार्टर फाइनल म्याचमा मार्विक स्पोर्टिंग क्लबले ग्लेनबर्न युनाइटेड एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट मनोज सुब्बा र नोरसांग लामाले १-१ गोल गरे। यसरी नै ग्लेनबर्न युनाइटेडबाट साहिल गुरुङले १ गोल गरे। डीजीएचएसए-को तत्त्वावधानमा आयोजित प्रीमियर र सेकेण्ड डीविजन लीगको फाइनल १८ सेप्टेम्बरमा खेलिनेछ।

About Author

Advertisement