मार्गरेट्स होप मिक्स अप् बोइज र दिलाराम एफसी विजयी

photocollage_2023730111440391.jpg

३० जुलाईः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच भयो। बालासन खेल मैदानमा भएको पहिलो म्याचमा मार्गरेट्स होप मिक्स अप् बोइजले रोशन सेभेन सोनादालाई ८-२-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा दिलाराम एफसी-ले तामसिंग एफसी-लाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। केही कारणवश टुर्नामेण्टको फाइनलको मिति पछि सारिएको अनि नयाँ मितिको घोषणा चाँड़ै गरिने आयोजक समितिले जनाएको छ।

About Author

Advertisement