मानवीय कार्यको चारैतिर प्रशंसा

IMG_20221028_173237.jpg

सिलगढी: बिहारको बागडोगराको मोड़मा विगत ५-६ दिनदेखि एक युवकलाई बोरामा बेरिएको देखिएको छ। स्वैच्छिक संस्था ‘स्माइल ग्रुप’का सदस्यले उक्त युवकलाई टुहुरो अवस्थामा लडिरहेको देखेर प्रश्न गरेका थिए। युवक दमडिम्का निवासी भएको र उपचारका लागि उत्तर बङ्गाल मेडिकल एण्ड हस्पिटलमा आएको बताइएको छ। उपचारका लागि पैसा सकिएपछि घर फर्कन नसकेपछि उनले बिहार मोर नजिकै शरण लिएकाे जनाएकाे छ। त्यसपछि स्माइल ग्रुप र बागडोगरा ट्राफिक प्रहरीको सहयोगमा उनलाई वीरपारास्थित बसबाट घर पुर्याइयो। यो मानवीय कार्यको चारैतिर प्रशंसा भइरहेको छ।

About Author

Advertisement