माध्यमिक परीक्षामा नरेन्द्रपुर रामकृष्ण मिशन फेरि शीर्ष स्थानमा

IMG-20240502-WA0177

कोलकाता: नरेन्द्रपुर रामकृष्ण मिशन यस वर्ष फेरि माध्यमिक योग्यता सूचीमा शीर्ष स्थानमा छ। यस विद्यालयका ६ जना उम्मेदवार उत्कृष्ट १० मा परेका छन्। आवासीय विद्यालयमा अनुशासन नै विद्यालयका विद्यार्थीको सफलताको एउटा कारण रहेको प्रधानाध्यापक स्वामी इष्टेशानन्दले बताए। विद्यालयका विद्यार्थीलाई मोबाइल फोन प्रयोग गर्नबाट रोक लगाइएको छ। सफलताको कारण पनि यही नै रहेको उनीहरुको विश्वास छ, तेस्रो नायरित रञ्जन पाल (६९१) छैटौं ओलिभ लाभ (६८८) सातौं रिकार्ड माइती (६८७) नवौं रत्ब्रत नाथ, ऋत्विक दत्त (६८५) दशौं शुभ्रकान्ति जोन (६८४) यसका अलावा शारदा सोनारपुर विद्यापिठका दुई उम्मेदवार मेरिट लिस्टमा परेका छन्। आठौंमा सन्दिपन मन्ना (६८६), नवौंमा इशान विश्वास (६८५) छन्।

About Author

Advertisement