माध्यमिक परीक्षाफलमा अलिपुरद्वार जिल्लाबाट राज्यमा चौथो अभिक दास

photocollage_202263143930163.jpg

कालचिनी। आज माध्यमिक परीक्षाफल प्रकास हुने बित्तिकै विद्यार्थीहरूमा बिहानदेखि उत्साह छाएको थियो भने राज्यभरिको माध्यामिक परिणाममा चौथो स्थानमा अलिपुरद्वार जिल्लाको म्याकविलियम हाइस्कूलका विद्यार्थी अभिक दासले ६९० अङ्क हासिल गरेर जिल्लाको नाम उच्च गरेको बताईएको छ। यसरी नै राज्यको दशौँ स्थानमा ६८४ अङ्क हासिल गरेर न्यू टाउन गर्ल्स हाइस्कूलका छात्रा समृद्धि दे आएकी छन्। आज यस क्रममा कालचिनी खण्डको युनियन एकाडेमी गर्ल्सका छात्री मोनामी भट्टाचार्यले ६२३ अङ्क हासिल गरेर कालचिनी ब्लक टपर बनेकी छन्। यता कालचिनी खण्डको एकमात्र शङ्कर नेपाली हाइस्कूलमा जम्मा १५४ जना विद्यार्थीहरूले माध्यमिक परीक्षा दिएको थियो भने त्यसमध्ये आज प्रकास भएको परिणाममा १४८ जना विद्यार्थीहरुले माध्यामिक परीक्षा उत्तीर्ण गर्न सफल भएकोमा स्कूलका प्रधान शिक्षक सुबान सिंह नौबागले हर्ष व्यक्त गरेका छन‌।
शङ्कर नेपाली हाइस्कूलका निहाल लामाले ४८४ अङ्क ल्याएर प्रथम हुँदै स्कूल चपर बनेको छ भने यसरी नै प्रथम स्थान ओगट्न अनुष्का प्रधान, सुष्मिता दमाई र अरमान लामा सफल भएको स्कूलका प्रधान शिक्षक सुबान सिंह नौबागले जनाएका छन्। स्कूलमा धेरै विषयको शिक्षकहरूको अभाव हुँदा पनि विद्यार्थीहरूले यतिको परिणाम निकाल्न सकेकोमा उतीर्ण विद्यार्थीहरू लगायत अभिभावकगणलाई धेरै शुभकामना रहेको शङ्कर नेपाली हाइस्कूलका प्रधान शिक्षक सुबान सिंह नौबागले जनाएका छन्। यता कालचिनी हिन्दी हाइस्कूलका जम्मा २५२ जना माध्यामिक परीक्षार्थीमध्ये २१८ जना पास भएको छ भने दिपशिखा लामाले ४४२ अङ्क हासिल गरेर स्कूल टपर बनेको स्कूल सुत्रले बताएको छ।

About Author

Advertisement