मादक पदार्थ पुरानो बिल्डिंबाट उद्धार

5079.jpg

सिलगढी: लुकाएर राखेको मादक पदार्थभक्ति नगर थानाको सहयोगमा बाघडुग्रा थाना पुलिसले आरोपीले उद्धार गरेको छ। स्पेशल अपरेशन ग्रुप (एसओजी) ले हालै बिहारका मास्टर माइन्ड मादक तस्कर तुलसी बसाकलाई पक्राउ गरेर बाघडुग्रा थानालाई सुम्पिदिएको थियो भने पुलिसले आरोपीबाट मादक पदार्थ उद्धार गर्न सकेको थिएन। बाघडुग्रा थाना पुलिसले आरोपी तुलसी बसाकलाई अदालतमा पेश गरेपछि ५ दिनको पुलिस हिरासतमा लिएर सोधखोज गर्दा उक्त मादक पदार्थ भक्ति नगर थाना अन्तर्गत डन बस्को मोड़स्थित एउटा पुरानो खाली बिल्डिङमा लुकाएर राखेको कुरा स्वीकार गरे। यसपछि बाघडुग्रा थाना पुलिसले आज भक्ति नगर थानाको सहयोगमा आरोपी तुलसी बसाकलाई साथमा लिएर उक्त पुरानो खाली बिल्डिङबाट २९० ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। पक्रा परेका आरोपीलाई भोलि फेरि सिलगढी अदालतमा पेश गरिनेछ।

About Author

Advertisement