माथाभांगामा तृणमूलले बीजेपीको झण्डा च्यातेको आरोप

Capture4-3.png

कोचबिहार: कोचबिहारको माथाभांगा शहरमा बीजेपी पार्टीको झण्डा र फेस्टुन च्यातेको आरोप तृणमूल विरुद्ध उठेको छ। यस सम्बन्धमा भाजपाले पुलिस थानामा लिखित उजुरी दिएको छ।
माथाभाङ्गा शहरका धेरै वडाहरूमा भाजपा उम्मेदवार निशिथ प्रामानिकको समर्थनमा राखिएका झण्डा र फेस्टुनहरू तृणमूल समर्थित बदमाशहरूले च्यातिएको भाजपाले आरोप लगाएको छ। भाजपा नेताहरूले थानामा उजुरी दिएका छन्। भाजपाले पुलिस प्रशासनले कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। तर, तृणमूल कांग्रेसले बीजेपीले लगाएको आरोपको खण्डन गरेको छ।

About Author

Advertisement