माता वैष्णोदेवी मन्दिरको यात्रा सहज बनाउन केन्द्रले बनायो रोपवेको परियोजना

Vaishno_Devi_Temple.jpg

जम्मु: माता वैष्णो देवी मन्दिरका तीर्थयात्रीहरूको यात्रालाई सहज बनाउन केन्द्र सरकारले जम्मू-कश्मीरमा रोपवे परियोजना बनाएको छ।
गोन्डोला केबलकार प्रणालीसहितको २.४ किलोमिटर लामो रोपवे परियोजना २५० करोडको लागतमा सम्पन्न हुनेछ। त्रिकुटा पहाडमा ५ हजार २ सय फिटको उचाइमा रहेको माता वैष्णोदेवीको यात्राका क्रममा तीर्थयात्रीले १२ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ। पैदल यात्रा गर्नुपर्छ। आयोजना अन्तर्गत तारकोटदेखि मन्दिर नजिकैको साँझी छतसम्म रोपवे बनाइने अधिकारीहरुले बताएका छन्। यो रोपवेले तीर्थयात्रीको अहिलेको ५–६ घण्टाको यात्रालाई ६ मिनेटमा झार्नेछ। सरकारले ३ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ। दुई वर्षअघि उद्घाटन भएको माताको भवनदेखि भैरव मन्दिरसम्म रोपवे छ।

About Author

Advertisement