माखामा एसकेएम-को बधाई एवं शुभकामना कार्यक्रम

IMG-20241023-WA0265

गान्तोक: पूर्व सिक्किमको माखामा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाको एक विशेष बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न भयो। स्थानीय पार्टी कार्यालयमा आयोजित कार्यक्रममा तुमिन लिङ्गी समष्टिका विधायक सामडुप भोटियाको विशेष उपस्थिति रहेको थियो। यसरी नै पार्टीका धेरैजना क्षेत्र अनि राज्यस्तरीय नेताहरूको पनि उपस्थिति रहेको थियो जसमा वरिष्ठ उपाध्यक्ष तथा मुख्यमन्त्रीका सल्लाहकार फुचुङ भोटिया, उपाध्यक्ष छिरिङ लेप्चा, राज्यस्तरीय नारी समन्वयक दीना गौतम आदि प्रमुख थिए।
कार्यक्रममा उपस्थित नेता अनि कार्यकर्ताहरूले क्षेत्रका नवनिर्वाचित विधायक सामडुप भोटियालाई खादा लगाएर बधाई दिनुको साथै सफल कार्यकालको निम्ति शुभकामना पनि व्यक्त गरे। विधायक भोटियाले आफ्नो सम्बोधनमा क्षेत्रको विकास प्रति आफ्नो प्रतिवद्धता जाहेर गरे।

About Author

Advertisement