नयाँ दिल्लीः तृणमूल कङ्ग्रेस पार्टी (टीएमसी) -की नेता महुआ मोइत्रालाई नयाँ दिल्लीमा सरकारद्वारा आवन्टित आवास खाली गर्नको लागि नयाँ नोटि जारी गरिएको छ। सरकारी आवास खाली गर्ने यो नोटिस सम्पदा निदेशालयदवारा तेस्रो पटक जारी गरिएको छ। बुधवार बेदखलीको यो नयाँ नोटिस उनको सरकारी आवासमा टाँसिएको छ।
सम्पदा अधिकारी औ सम्पदा निदेशक (मुकदमेबाजी), सम्पदा निदेशालयको कार्यालयद्वारा यो नोटिस १६ जनवरीमा जारी गरिएको छ। नोटिसमा १७ जनवरीमा सम्पदा निदेशकको कार्यालयमा उपस्थित हुने निर्देश दिइएको छ।
उल्लेखनीय छ, गत ८ दिसम्बरमा पैसाको सट्टा प्रश्न सोधेको मामिलामा तृणमूल सांसद महुआ मोइत्राको सदस्यता रद्द गरिएको थियो। उनीविरूद्ध ल्याइएको प्रस्तावलाई लोकसभाले पारित गरको थियो। सदस्यता रद्द भएपछि उनले एक महिनाभित्र नै सरकारी आवास खानी गर्नुपर्थ्यो।










