नयाँ दिल्ली: सुनिल कुमार एशियाई खेलहरूको ग्रीको रोमन कुश्ती स्पर्धामा २ वटा पदक जित्ने पहिलो भारतीय पहलवान बनेका छन्। उनले पुरुषहरूका ८७ किग्रा वर्गको कुश्ती स्पर्धाको पहिलो दिन बुधवार फिलिपिन्सका केलम रोबर्टस जनस्टनलाई तक्निकी श्रेष्ठताको आधारमा पराजित गरी काँस्य पदक जिते। सुनिलले आफ्नो प्रतिद्वन्द्वीको दाहिने हात बाँधेर पछार्दै ४-०-को बढ़त दिलाए। रक्षात्मक खेलिरहेका जनस्टनलाई पार टेरे पोजिशनमा म्याटमा पछार्नको साथै सुनिलले स्कोरिंग मूभ बनाएर पहिलो पीरियडमै जीत हासिल गरे। सुनिलले २०२३ हांगझोउ एशियाई खेलहरूमा काँस्य पदक जितेर ग्रीको रोमन शैलीमा भारतको १३ सालदेखि जारी पदकको खड़ेरी समाप्त गरेका थिए। हरियाणाका २७ वर्षीय सुनिल सेमिफाइनलमा जापानका ताइजो योशिडाविरुद्ध तक्निकी श्रेष्ठताको आधारमा पराजित भएका थिए। काँस्य पदक जितेपछि सुनिलले भने, म खुशी छु तर सन्तुष्ट छुइनँ। मैले एशियाई खेलहरूमा पहिला पनि काँस्य पदक जितेको छु। जापानका प्रतिद्वन्द्वीविरुद्ध गल्ती गर्दा मैले नतीजा भोग्नु पऱ्यो। मैले तक्निकको सट्टा अधिक शक्तिको प्रयोग गरे।
यसबीच भारतीय महिला हकी टीमले सेमिफाइनलमा दक्षिण कोरियालाई २-०-ले पराजित गरी एशियाई खेलहरूको फाइनलमा स्थान बनायो। भारतीय टोलीले आज पनि उत्कृष्ट प्रदर्शन गऱ्यो अनि अहिले टोली स्वर्ण पदकदेखि केवल एक जीतको दूरीमा रहेको छ। अब २ अक्टोबरमा खेलिने फाइनलमा भारतको भिड़न्त चीनसँग हुनेछ। भारतीय टोली एशियाई खेलहरूमा स्वर्ण पदकको ४४ सालको प्रतीक्षाको अन्त गर्ने नजिक रहेको छ। म्याचमा भारतले असल शुरुवात गऱ्यो अनि इशिकाले दोस्रो क्वार्टरमा भारतलाई बढ़त दिलाइन्। त्यसको ४ मिनटपछि सुनेलिया टोप्पोले अझ १ गोल गरी भारतको जीत सुनिश्चित गरिन्।





