महिला हकी टीमका प्रत्येक खेलाड़ीलाई ३ लाख रूपियॉं दिने हकी इण्डियाकाे घोषणा

PTI11-04-2023-000587A-0_1699207179325_1699207217109.jpg

नयॉं दिल्ली: हकी इण्डियाले आइतवार राति झारखण्ड महिला एशियाली च्याम्पियन्स ट्रफी २०२३ को उपाधि जितेकोमा भारतीय महिला हकी टीमका प्रत्येक सदस्यलाई तीन लाख रूपियॉं दिने र सहयोगी स्टाफका प्रत्येक सदस्यलाई १.५० लाख रूपियॉं इनाम दिने घोषणा गरेको छ।

भारतीय टीम टुर्नामेन्टभरि अपराजित रह्यो र उपाधिको निम्ति खेलिएको म्याचमा जापानलाई ४-० ले पराजित गऱ्यो। भारतीय टीमलाई उनीहरूको उल्लेखनीय जितको निम्ति हार्दिक बधाई दिॅंदै हकी इन्डियाका अध्यक्ष पद्मश्री डा. दिलीप टिर्कीले भने, ‘हकी इन्डियाको तर्फबाट म भारतीय महिला हकी टीमलाई उनीहरूको उत्कृष्ट प्रदर्शन र झारखण्ड महिला एशियाली च्याम्पियन्स ट्रफी रांची २०२३ को उपाधि जितेकोमा हार्दिक बधाई दिॅंदछु। तपाईहरूको अटूट समर्पण र कठिन प्रयासहरूले देशलाई गौरवान्वित तुल्याएको छ, जसले हकी खेलप्रति तपाईहरूको दृढ़ प्रतिबद्धतालाई दर्साउॅंछ। हामी आगामी दिनहरूमा अझ धेरै असाधारण जित हेर्न उत्सुक छौ।’

हकी इन्डियाका महासचिव भोलानाथ सिंहले भने, ‘झारखण्ड महिला एशियाली च्याम्पियन्स ट्रफी रांची २०२३ को उपाधि जितेमा भारतीय महिला हकी टीमलाई हार्दिक बधाई छ। तपाईहरूको उल्लेखनीय दृढता र एकजुट टीम वर्क रह्यो। तपाईहरूको उपलब्धि देशमा उदीयमान हकी खेलाड़ीहरूको निम्ति प्रेरणाको स्रोत हो।’

About Author

Advertisement