महिला तथा बाल कल्याण सम्बन्धमा रुम्तेकमा सचेतना ऱ्याली

Untitled-1-copy-169

गान्तोकः पूर्व सिक्किमको राउते रुम्तेक ग्राम पञ्चायत युनिटले महिला तथा बाल-बालिका कल्याण सम्बन्धी सचेतना ऱ्याली आयोजना गरेको छ।

महिला र बाल कल्याणको महत्व अनि लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने विषयमा जनजागरण गराउने उद्देश्यले आज मंगलवार आयोजित ऱ्यालीमा जिल्ला पञ्चायत सदस्य डुबगेल लेप्चा, पञ्चायत सभापति सोनाम भोटिया, ग्राम पञ्चायतका अन्य सदस्य, गाउँ प्रशासन सहायक निमा ग्याल्पो भोटिया, रुम्तेक सिनियर सेकेण्डरी स्कूर र होटल म्यानेजमेन्टका विद्यार्थी, फार्मेसी कलेजका विद्यार्थी साथै स्थानीय मानिस र ग्राम प्रसाशन केन्द्रका कर्मचारीको सहभागिता रहेको थियो।

ऱ्यालीमा बालिका शिक्षाको महत्त्वबारे चेतना जगाउने विभिन्न नारा लेखिएका प्लाकार्ड प्रयोग गरिएको थियो। लैङ्गिक समानता र महिला तथा बालबालिकाको कल्याण र प्रवर्द्धनमा महत्वपूर्ण कदमको रूपमा आयोजित यस ऱ्यालीलाई मानिसहरूले स्वागत जनाएका थिए। ग्राम पञ्चायतले गरेको यस पहलको मानिसहरूले सराहना गरेका छन्।

About Author

Advertisement