महिलाको बेग छिनताई गर्ने पक्राउ

dca22867-db93-4731-8a81-a9c2f661b844-1024x576

सिलगढी: सिलगढीको देशबन्धुपाडा निवासी एकजना महिलाको बेग छिनताई गरेको मामिलामा भक्तिनगर थाना पुलिसले दुई जना आरोपीलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत २७ जुलाईमा सिलगढीको सेभोक रोडमा बाइकमा सवार दुई जना बदमाशले महिलाको बेग छिनताई गरेर चम्पट कसेका थिए। महिलाको उक्त बेगमा महँगो मोबाइल फोन, रूपियाँ, एटीएम कार्ड लगायत केही कागज पत्र रहेको थियो।घटना पछि महिलाले भक्तिनगर थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले सीसीटीभी फुटेजको सहयोगमा बिहिबार राति दुई जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा बप्पा दास र प्रसेनजीत दास सामेल छन्। पुलिसले तिनीहरूबाट छिनताई घटनामा प्रयोग गरेको एउटा बाइक पनि उद्धार गरेको छ। आज दुवै आरोपीहरूलाई जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

About Author

Advertisement