महिन्द्रा फार्म इक्विपमेन्ट बिजनेसद्वारा ७० लाख ट्र्याक्टर उत्पादनको ऐतिहासिक कीर्तिमान कायम​

IMG-20260618-WA0076

मुंबई: महिन्द्रा समूह अन्तर्गतको महिन्द्रा फार्म इक्विपमेन्ट बिजनेसले ७० लाख कृषि ट्र्याक्टर उत्पादनको ऐतिहासिक कोशढुङ्गा पार गरेको छ। परिमाणका आधारमा विश्वकै सबैभन्दा ठूलो ट्र्याक्टर निर्माता कम्पनी महिन्द्राका लागि यो उपलब्धि कृषि यान्त्रिकीकरणलाई बढावा दिन र भारतसहित विश्वभरिका लाखौँ किसानहरूको समृद्धि सुनिश्चित गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम हो। भारतमा बलियो उत्पादन सञ्जाल र वैश्विक स्तरमा व्यापक उपस्थितिको बलमा यस कम्पनीले आफ्ना उत्पादनहरूको विकास र बजारीकरण महिन्द्रा ट्र्याक्टर र स्वराज ट्र्याक्टर ब्रान्ड अन्तर्गत गर्दै आएको छ। यसबाहेक कम्पनीले ग्रोम्याक्समार्फत ट्र्याकस्टार र हिन्दुस्तान ट्र्याक्टर शृङ्खलाको पनि निर्माण गर्दछ। कम्पनीसँग उद्योगकै सबैभन्दा विस्तृत ट्र्याक्टर पोर्टफोलियोमध्ये एक छ, जसमा ३५० भन्दा बढी मोडल र भेरियन्टहरू सामेल छन्।​सन् १९६३ मा स्थापित महिन्द्रा ट्र्याक्टर भारतको नम्बर एक ट्र्याक्टर ब्रान्ड हो, जसका उत्पादन प्लान्टहरू मुम्बई, नागपुर, जहिराबाद, रुद्रपुर, जयपुर र राजकोटमा रहेका छन् भने अनुसन्धान एवं विकास केन्द्र चेन्नईमा अवस्थित छ। पहिले पञ्जाब ट्र्याक्टर्स लिमिटेडका नामले चिनिने स्वराज ट्र्याक्टर भारतको दोस्रो सबैभन्दा ठूलो ट्र्याक्टर ब्रान्ड हो। गत एक दशकमा निरन्तरको बिक्री वृद्धि र किसानहरूसँगको बलियो सम्बन्धका कारण यो देशकै सबैभन्दा तीव्र गतिमा बढिरहेको ट्र्याक्टर ब्रान्ड बनेको छ। सन् १९७४ मा देशको पहिलो स्वदेशी ट्र्याक्टर विकास गरेको श्रेय पनि स्वराजलाई नै जान्छ। मोहालीमा रहेका यसका उत्पादन प्लान्ट, फाउन्ड्री र अनुसन्धान केन्द्र यसका प्रमुख शक्ति हुन्। ग्रोम्याक्स एग्री इक्विपमेन्ट लिमिटेड भने महिन्द्रा एन्ड महिन्द्रा लिमिटेड र गुजरात सरकारबीचको ६०:४० को संयुक्त उपक्रमका रूपमा सञ्चालित छ र वडोदरामा रहेको यो कम्पनी भारतको नम्बर एक क्षेत्रीय ट्र्याक्टर ब्रान्ड हो।​यो उपलब्धि कम्पनीको उत्पादन नवप्रवर्तन र विश्वस्तरीय निर्माण क्षमताको प्रतीक हो। आर्थिक वर्ष २०२५-२६ मा कम्पनीले ५ लाख २६ हजारभन्दा बढी ट्र्याक्टरको रेकर्ड बिक्री गरेको थियो। यसै अवधिमा महिन्द्रा ५८५ युभो टेक प्लस भी१, महिन्द्रा नोभो प्रिमियम एडिसन र स्वराज प्रोटेक जस्ता नयाँ उत्पादनहरू बजारमा ल्याइएका थिए भने महिन्द्रा ओजाको विस्तार वैश्विक बजारमा गरिएको थियो। आर्थिक वर्ष २०२६-२७ मा कम्पनीले ७ नयाँ ट्र्याक्टर र १२ नयाँ प्राविधिक सुविधाहरू भित्र्याउने योजना बनाएको छ।​यस उपलब्धिमा टिप्पणी गर्दै महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटो एवं फार्म इक्विपमेन्ट बिजनेसका एक्जिटिभ डाइरेक्टर एवं सीईओ राजेश जेजुरिकरले भारत विकसित राष्ट्रको लक्ष्यतर्फ अघि बढिरहँदा कृषि क्षेत्रको रूपान्तरण राष्ट्र निर्माणको प्रमुख आधार रहने बताउनुभयो। उहाँले यस यात्रामा योगदान दिन पाउँदा महिन्द्रालाई गर्व लागेको र ७० लाखको यो आँकडा सबैका लागि गौरवको क्षण भएको उल्लेख गर्नुभयो। त्यस्तै फार्म इक्विपमेन्ट बिजनेसका प्रेसिडेन्ट विजय नाकराले ७० लाख ट्र्याक्टरको यो कोशढुङ्गा केवल उत्पादनको आँकडा मात्र नभएर किसानहरूले कम्पनीमाथि राखेको विश्वासको प्रतीक भएको बताउनुभयो। ५० भन्दा बढी देशहरूमा उपस्थितिसहित महिन्द्रा विश्वकै अग्रणी ट्र्याक्टर कम्पनी हो, जसमा भारतपछि अमेरिका यसको दोस्रो ठूलो बजार हो।

About Author

Advertisement