महाषष्ठीको दिन सब्जीको भाउ आकाशियो

IMG-20241009-WA0206

जलपाईगढी: महाषष्ठीको दिन जलपाईगढी बजारमा सब्जीको मूल्य आकाशिएको छ। धनियाँ पत्ता प्रतिकिलो ५ सय, लसुन ४ सय, आलु ३० रुपियाँ, प्याज ७० रुपियाँ, बैगुन प्रतिकिलो ८० रुपियाँ, अदुवा २ सय रुपियाँ, केभस ३० रुपियाँ, गाजर १२० रुपैयाँ प्रतिकिलो, आलु प्रतिकिलो १ सय, कोपी १ सय २० रुपियाँ, खोर्सानी १ सय रुपियाँमा बिक्री भइरहेको छ। अधिकांश सब्जी एक सय रुपियाँभन्दा माथि छ। सब्जीको मूल्य बढेपछि खरिदकर्ता र बिक्रेता चिन्तित छन्। पूजाको समयमा महँगी बढेपछि सर्वसाधारण सब्जी किन्न मुस्किल परेका छन्। यसैबीच, पछिल्ला केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै सब्जीहरू बिग्रिएका छन् भने मागको तुलनामा आपूर्ति कम भएको छ।

About Author

Advertisement