महाराष्ट्र राजनैतिक संकट: सर्वोच्च अदालतबाट विद्रोही विधायकहरूलाई राहत

जुलाई १२ सम्म अयोग्यतामाथि लाग्यो रोक

मुम्बई: महाराष्ट्रमा राजनैतिक संकट गम्भीर बन्दै गइरहेको छ। सोमबार सर्वोच्च अदालतले यस मुद्दामा सबै पक्षलाई नोटिस जारी गर्दै पाँच दिनभित्र जवाफ मागेको छ। अदालतले अब ११ जलाईमा सुनुवाई गर्नेछ। उता, उद्धव ठाकरेले विद्रोही मन्त्रीहरू विरुद्ध ठूलो कारबाही गर्दै मन्त्रालयहरू खोसेका छन्। अर्कोतर्फ, ईडीले शिवसेना नेता सञ्जय राउतलाई जमिन घोटालाको बारेमा नोटिस पठाएको छ। उनलाई भोलि हाजिर हुन भनिएको छ। अन्तरिम आदेशमा सर्वोच्च अदालतले विद्रोही विधायकलाई उपसभामुखको नोटिसको जवाफ दिन म्याद थप गरेको छ। यी विधायकहरूले आज साँझ ५.३० बजे सूचनाको जवाफ दिनुपर्ने थियो। अदालतले विद्रोहीलाई जवाफ दिने समय १२ जुलाई साँझ ५:३० बजेसम्म थपेको छ। अदालतले सबै ३९ विद्रोही विधायक र उनीहरुका परिवारलाई सुरक्षा उपलब्ध गराउन राज्य सरकारलाई आदेश दिएको छ। महाराष्ट्र राज्यका लागि वकिलले भने, ‘राज्य सरकारले सबै ३९ विधायक र उनीहरूको परिवारका सदस्यहरूको जीवन र सम्पत्तिमा कुनै क्षति नहोस् भनेर सुनिश्चित गर्नेछl’

About Author

Advertisement