महानन्दा नदीबाट अज्ञात वृद्धको मृतदेह उद्धार

istockphoto-1180020013-612x612.jpg

सिलगढी: सिलगढीको महानन्दा नदीबाट अज्ञात वृद्धको मृतदेह उद्धार भएको छ। आज बिहान महानन्दा नदीमा आएका केही शिशुहरूले वृद्धको मृतदेह देखे। प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार यी वृद्ध नदीमा ओर्लिएर स्वेच्छाले पानीमा डुबकी लगाएका थिए। पछि तिनी नदीबाट बाहिर निस्केनन्। केही समयपछि तिनको शव नदीमा तैरिरहेको अवस्थामा देखापर्यो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

स्थानीय सूत्रले दिएको जानकारी अनुसार केही दिन अघिदेखि उक्त वृद्ध नौकाघाट संलग्न इलाकामा घुमिरहेको देखेका थिए। टाउकोमा चोट लगाएकोले गर्दा तिनले ब्यान्डेज लगाएका थिए।

About Author

Advertisement