खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी क्षेत्रमा गएको पैह्रोले महानदीको त्रिरसठ पाखा गाउँलाई नै खतरा बनाएको छ। गत सोमबार बिहान गएको पैह्रोले एनएच ५५ को आधा भाग नै लगेर वरिपरिका घरहरूलाई धेरै प्रभावित बनाएको थियो भने अहिले झन उक्त पैह्रोले एनएच ५५ सबै तानेर लगेपछि साना गाड़ीहरू रेलको लीग भएर कुद्न बाध्य भएको छ। सोमबार बिहान गएको पैह्रो अहिले बढेर झन ठूलो भएको छ भने वरिपरिका घरहरूलाई ठूलो खतरा उत्पन्न भएको छ। पैह्रोले चर्किएको घरहरू अझ पैह्रोले लाने अवस्थामा रहेको छ। पैह्रो प्रभावित घरहरू अझ धेरै बढेको छ भने पैह्रो प्रभावित परिवारहरूलाई नजिकतिरको पक्का घरहरूसित रेन्टमा राखिएको छ। महानदीमा एनएच ५५ मा गएको पैह्रो निरीक्षण गर्नलाई हिजो एनएचका पदाधिकारीहरू आएका थिए भने खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधान पनि आएका थिए। यो पैह्रोले मोति बराईलीको घर पहिलेबाटै पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो भने मदन भुजेलको घर र समीर घतानीको घर अहिले पूर्ण रूपमा खतरामा देखिएको छ। यसको यो पैह्रोले धेरैको जमीनहरू पनि लगिसकेको छ भने पैह्रोले महानदीको त्रिसट्ठी गाउँलाई नै खतरा उत्पन्न गराएको छ। यसरी नै लगातार रूपमा पानी परिरहेको खण्डमा पैह्रो बढेर गाउँलाई नै तान्ने सम्भावना देखिएको छ। महानदीको त्रिसट्ठी पाखामा गएको पैह्रोको कारणले स्थानीय गाउँ समाज मिलेर पैह्रो क्षेत्र भएर ठूला गाड़ीहरू कुद्न नदिएर साना गाड़ीहरू मात्रा कुद्न दिईरहेका छन्। यस पैह्रोलाई झट्टै मरमत्ति गरेर महानदीको त्रिसट्ठी गाउँलाई बचाउन सकिने देखिएको छ। यस पैह्रो विषयमा महानदी ग्राम पञ्चायत प्रधान पासाङ शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै पैह्रो पिढीतहरूलाई पञ्चायतले गर्न सक्ने सबै प्रकारको सहयोगहरू गरेको बताएका छन्। प्रभावतिहरूलाई अस्थायी रूपमा यता उता राखिएको बताएका छन्। त्यसरी नै उनले यो पैह्रो गुणात्मक तरिकाले बनाउन स्थानीयहरूले होइन तर ठूल्ठाला कम्पनीले हातमा लिएर गाउँलाई बचाउन एकदमै गुणात्मक काम गर्नु पर्ने बताएका छन्। उनले महानदीको त्रिसट्ठी पाखा गाउँ सबै नै पैह्रोमा चपेटमा परेको कारणले एनएचले यसको काम गुणस्तरीय काम गर्नुपर्छ भन्दै यस काममा स्थानीय ठेकेदारहरूले बुझिदिनुपर्छ अनि सम्पूर्ण गाउँको भलाईको लागि काम भएको हुनुपर्छ भनी बताएका छन्। पञ्चायत प्रधान पासाङ शेर्पाले गाउँ समाज बसेर सभा बसी पैह्रोगस्त सड़कबाट ठूलो मालवाहक गाडीहरू कुदाउन नदिने प्रशासन समक्ष निवेदन गरिएको जानकारी गराएका छन्।

त्यसरी नै पत्रकारहरूसित कुराकानी गर्दै त्रिसट्ठी गाउँ समाजको सचिव रमेश शंकरले पैह्रो प्रभावित परिवारहरूलाई पुनर्वास गराउन सहयोग गरिरहेका छौं तर पैह्रोले सम्पूर्ण गाउँलाई नै चपेटमा पारेको कारणले गर्दा सम्बन्धित विभागले सही काम गरिदिनुपर्छ भनी मांग गरेका छन्। पैह्रो प्रभावित मदन भुजेलले पैह्रोले गर्दा घर पूरै पैह्रोको चपेटमा परेको कारणले गर्दा सबै सर सामानहरू निकालेर अरूको घरतिर सारेको र घरलाई पैह्रोको चपेटमा पार्नुको साथै जमीनहरू पनि पैह्रोले लगेको बताएका छन्। उक्त पैह्रो विषयमा समीर घतानीले पनि पैह्रोले आफ्नो घरलाई धेरै खतरामा पारेको बताएका छन्।










