३० अगस्तः युनाइटेड गुम्ती स्पोर्टिंग क्लब, महानदीको तत्त्वावधानमा यस साल पनि ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। गुम्ती खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टको शुरुवात १८ सेप्टेम्बरदेखि हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ४ हजार रुपियाँ तोकिएको छ। टुर्नामेण्टमा हिस्सा लिनको निम्ति टीमको नाम दर्ता गराउने अन्तिम मिति १० सेप्टेम्बर रहेको आयोजक युनाइटेड गुम्ती स्पोर्टिंग क्लबका महासचिव प्रवीण दर्नालले बताएका छन्।
सम्पर्कः
८६७०५७९६६७
८९७२६९८५७२
९८५१२६६२३३









