ममताले दिइन् विराटलाई जन्मदिनमा शुभकामना

Mamata-Virat.jpg

कोलकाता: भारतीय क्रिकेट टीमका चर्चित ब्याट्सम्यान विराट कोहलीको जन्मदिनमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुभकामना दिएकी छन्।

आइतवार सोशियल मिडिया प्लेटफर्क एक्समा उनले विराट कोहलीको फोटो पोस्ट गरेर लेखेकी छन्, ‘खुशी छौ कि महान भारतीय ब्याट्सम्यान विराट कोहली आफ्नो जन्मदिनमा हाम्रो देशको निम्ति एउटा ऐतिहासिक म्याच खेल्नका लागि कोलकातामा छन्!!

विराटलाई जन्मदिनको धेरै-धेरै शुभकामना!! उनी र उनका परिवारलाई सबै खुशी अनि सफलताको शुभकामना!!’

उल्लेखनीय छ, ५ नोभेम्बर, १९८८ मा जन्मेका विराट कोहली भारतीय क्रिकेट टीमको प्रमुख सदस्य हुनका साथै संसारभरिकै उत्कृष्ट ब्याट्सम्यानहरूमा चिनिन्छन्। भारतको घरेलू प्रथम श्रेणी क्रिकेटमा विराटले दिल्लीलाई प्रतिनिधित्व गर्छन् भने इण्डियन प्रीमियर लीगमा रोयल च्यालेञ्जर्स बेङलोरका क्याप्टन हुन्।

About Author

Advertisement