सोरेङ: पाकिम अनि सोरेङ दुईवटा नयाँ जिल्ला निर्माणपछि त्यहाँ आवश्यक पूर्वाधार निर्माणको कार्य युद्धस्तरमा चलिरहेको छ। यसै क्रममा हिजो राज्यका भवन तथा आवास विभागीय मन्त्री सञ्जीत खरेलले सोरेङ जिल्ला प्रशासनिक केन्द्रको शिलान्यास गरे। यो भवन १३२ करोड़ रुपियाँको लागतमा निर्माण हुने भएको छ।
जिल्ला प्रशासन केन्द्र सोरेङको शिलान्यास आज भवन तथा आवास विभागका मन्त्री सञ्जित खरेलले गरे। कार्यक्रममा मन्त्री खरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा मन्त्री एम एन शेर्पा, सोरेङ च्याखुङका विधायक आदित्य गोले, जुम सालघारीका विधायक सुनिता गजमेर, अध्यक्ष एवं सल्लाहकारगण, भवन तथा आवास विभागका सचिव प्रवीणकुमार प्रधान, प्रधान मुख्य वास्तुकार राजेश प्रधान लगायत अन्यको उपस्थिति रहेको थियो।
जानकारी गराइन्छ, आज शिलान्यास गरिएको यस जिल्ला प्रशासनिक केन्द्रको कुल क्षेत्रफल १,४१,७०० वर्गफुट रहेको छ। यहाँ जी+६ तले संरचनायुक्त भवनमा सबै सरकारी विभागहरूलाई सबै आधुनिक सुविधाहरूसहित आवासको व्यवस्था रहनेछ।










