मन्त्री शर्माको नेतृत्वमा भानुजयन्तीको भव्य तयारी

IMG-20230628-WA0375.jpg

गेजिङ: आगामी १३ जुलाइ भानु जयन्ती समारोहलाई भब्य रूपमा मनाइने बिषयलाई लिएर आज गेजिङ जिल्ला प्रशासन र पश्चिम सिक्किम साहित्य प्रकाशनको संयुक्त आयोजना एक महत्त्वपूर्ण सभा सम्पन्न भएको छ। जिल्लापाल कार्यलयको सभा कक्षामा सप्पन्न सभालाई जिल्लापाल यस्से डी योङ्डाले अध्यक्षता गरेकी थिइन् भने साथमा महकुमा अधिकारी विभिन्न बिभागका वरिष्ठ कर्मचारी प्राकशनका सदस्य साथै अधिकारीहरुको उपस्तिथि रहेको थियो। सभामा समारोह समिति गठन गरियो जस्मा प्रमुख संरक्षक गेजिङ – बर्मेकसमष्टि विद्यायक एवं मन्त्री लोकनाथ नेपाल, याथाङ समष्टि विद्यायक भिमहाङ सुब्बा , याक्सुम समष्टि विद्यायक रहेका छन् भने आयोजक समितिका अध्यक्ष जिल्ला पाल यस्से डि योङ्डा सभापति, सचीव महकुमा अधिकारी सन्तोष आले, कोश अध्यक्ष शिक्षा बिभागका निर्देशक राजेस थापा रहेका छन् भने अन्य विभिन्न कार्यका लागी पद अधिकारीहरुलाइ काम फाँटबाँड गरियो। गेजिङको क्योङ्सामा अवस्थित विस्वकै सबैभन्दा ठुलो भानु सालिग र नेपाली साहित्य अनि संस्कृति अनुसन्धान केन्द्र छ भने यसलाई सरकारको पहलमा एउटा ठुलो धरोहर तयार भएको छ यसको संरक्षण गर्नुपर्ने सभाले निर्णय लियो। भाषाको बिकासको लागी सबै अघि आउनुपर्ने सुझाव राख्दै साहित्यले मात्रै समाज देश र रास्ट्रको बिकास हुने जिल्ला पालले सभामा राखे। यस वर्ष २०९ भानु भानुभक्त जयन्तीलाई छुट्टै अनि बडो हर्सोउलासका साथ मनाइने निदो भएकाले यत्रो धरोहर भएको ठाउमा कार्यक्रमलाई फ्यातु नबनाइकन एतिहास कायम राख्ने सुझाव दिएकी छन्। यस अतिरिक्त सधै झै आगामी ११ जुलाईका दिन क्योङ्साको अनुसन्धान केन्द्रको प्रेक्षागृहमा साहित्य गोष्ठी अनि रामायणपाठ प्रतियोगिता हुनेछ भने १३ जुलाईको कार्यक्रम भने बिहान भानु सालिग क्योङ्सामा सालिगमा माल्यार्पण गरि शोभायात्रा भएर गेजिङ सर्बजनिक भवनमा दिन भरिको कार्यक्रम सम्पन्न हुने छ। यस कार्यक्रमलाई सफल बनाउन जिल्लाका सबै बिभागहरुले आ- आफ्नो कार्यको जिम्मेवार लिएका छन्।

About Author

Advertisement