खरसाङ: पश्चिम बंगालका पञ्चायत अनि ग्रामीण विकास मन्त्री दिलिप घोषले आज शनिवार बिहान खरसाङको हाउहिल अन्तर्गत धोबी झोडा गाउँमा पुगेर चियामा चर्चा कार्यक्रममा सहभागी बनेका छन्। हिजो शुक्रबार खरसाङ आईपुगेका राज्यको पञ्चायत अनि ग्रामीण विकास मन्त्री दिलिप घोषले आज शनिवार बिहानको समयमा धोबी झोडा गाउँमा पुगेर स्थानीय मानिसहरुसित भेटघाट साथै बातचीत गरेका थिए। उनीसित उनकी पत्नी पनि उपस्थित थिइन्। स्थानीय गाउँलेहरुसितको भेटघाट कार्यक्रममा दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरी, खरसाङका डीएफओ आईएफएस देवेश पाण्डे, भारतीय जनता पार्टीको पदाधिकारीहरु र स्थानीय समाज र गाउँले प्रतिनिधिहरु उपस्थित रहेका थिए।









