मन्त्री एमएन शेर्पाद्वारा सिक्किममा निर्माणधीन विभिन्न योजनाहरुको निरीक्षण

IMG_20221124_220110.jpg

गान्तोक: क्षेत्रिय विधायक एवम् मन्त्री एमएन शेर्पाले सिक्किमको सोरेङ जिल्ला दरामदिन समष्टिमा विभिन्न योजना अन्तर्गत हाल निर्माणाधीन सप्रे नागस्थित नयाँ पञ्चायत कार्यालय, ओख्रे गुम्बा अनि पावर ग्रेड स्थलहरुको स्थलगत निरीक्षण गरे। यस अवधि तिनीसँग सम्बन्धित विभागका अधिकारीहरू पनि साथमा थिए।

खण्ड विकास अधिकारी ओङ्दी शेर्पा, सोरेङ ऊर्जा विभागका डिभिजन इञ्जीनियर दिपक शर्मा अनि पावर ग्रीड अधिकारीको उपस्थितिमा मन्त्रीले बजारलाई वृक्षारोपण र सौन्दर्यीकरण अनि दरामदिन निर्वाचन क्षेत्रको पावर ग्रीड सव स्टेसनसँगै विभिन्न योजनाहरुको विषयमा सम्बन्धित अधिकारीसँग कुराकानी गरे।

About Author

Advertisement