सिलगढी: मतिगढा थानाको पुलिसले लुटपाटको प्रयासलाई विफल बनाएको छ। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा मतिगढा पुलिस चौकीले ४ जनालाई पक्राउ गरेको छ। मंगलबार राति फाँसीदेवा चोक नजिकै रहेको रेलवे अन्डरपास मुनि १० देखि १२ जना हतियारसहित लुटपाट गर्न जम्मा भएको जानकारी पुलिसले पाएको थियो। स्रोतबाट प्राप्त जानकारीका आधारमा मतिगढा पुलिस चौकीका सादा पोशाकका पुलिस टोलीले कारबाही गरेको छ। पुलिसको कारबाही देखेपछि धेरैजना भागे, तर मतिगढा पुलिस चौकीको सादा पोशाक पुलिसले कारबाही गरी चार जनालाई पक्राउ गर्न सफल भएको थियो। पक्राउ परेकाहरुको साथबाट लुटपाटका लागि ल्याइएको धेरै हतियार बरामद भएको छ। पक्राउ पर्नेमा विशाल दास, जीवन रोय, रतन महन्त र हरिहर बर्मन रहेका छन्। पक्राउ पर्नेमा विशाल दास बेलडाँगीका बताइएको छ। जीवन रोय घुघुमाली निवासी हुन्। रतन महन्त निश्चिन्तपुर चिया बगानका र हरिहर बर्मन पतिराम जोतका बासिन्दा हुन्। बुधबार पक्राउ परेकाहरूलाई सिलगढी महकुमा अदालतमा पेश गरि। मतिगढा पुलिस चौकीले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर घटनामा अरु को को संलग्न छ भन्ने अनुसन्धान गर्ने जनाएको छ।









