मतदान प्रक्रिया जागरूक गराउन साइकल ऱ्याली

IMG-20240204-WA0254.jpg

गान्तोक: नाम्ची जिल्ला प्रशासनको पहलमा आज पेडल फर पोल्स-को नारालाई लिएर साइकल ऱ्याली आयोजना गऱ्यो। उक्त ऱ्याली नाम्चीको सेन्ट्रल पार्कबाट शुरू भएर हेलिप्याड हुँदै सेन्ट्रल पार्कमा पुगेर समापन भयो। सो ऱ्यालीमा कूल २७ जना साइकलिस्टहरूले सहभागिता जनाएका थिए। अधिकारीहरूले मतदानको महत्त्वलाई जोड दिने मौकाको सदुपयोग गर्ने र सहभागीहरूलाई इभीएम र भीभीपीएटीबारे जानकारी गराए। कार्यक्रममा मतदान प्रक्रियाका बारेमा जनचेतना जगाउने काम पनि गरिएको थियो। यस अवसरमा सहभागीहरूलाई प्रमाण पत्र पनि प्रदान गरियो। कार्यक्रममा जिल्लापाल अन्नपूर्ण आले, अतिरिक्त जिल्लापाल अन्नत जैन लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement