पर्यटक भिजाका मानदण्डहरूको उल्लंघन गरेकोमा गत 3 फरवरीमा हिरासतमा लिइएको थियो
शोणितपुर: असमको शोणितपुर जिल्ला मुख्यालय तेजपुर शहरमा प्रलोभन देखाएर ईसाई धर्मको प्रचार गर्ने दुई अमेरिकी नागरिकहरूलाई ५०० अमेरिकी डलरको जरीमाना लगाएर आइतवार रिहा गरियो। पर्यटक भीजामा आएका यी दुई अमेरिकीहरूलाई धर्म प्रचारका गतिविधिहरूमा सामेल रहेको आरोपमा गत ३ फरवरीमा हिरासतमा लिइएको थियो।
पुलिस अनुसार अमेरिकी नागरिक जोन म्याथ्यू बोन र माइकल जेम्स फ्लिन्चमले ई-पासपोर्टमा भारतमा प्रवेश गरे, तर यहाँ धार्मिक कार्यमा संगलग्न भए। उनीहरूमाथि पर्यटक भिजामा आएर धर्म प्रचारका गतिविधिहरूमा सामेल भएको आरोप छ। असममा प्रलोभन दिएर ईसाई धर्मका प्रचार गरिरहेका दुवै अमेरिकी नागरिकलाई एक गोप्य सूचनाको आधारमा शोणितपुर पुलिसले तेजपुरको ब्यापटिस्ट क्रिश्चियन अस्पतालबाट गए शनिवार समातेको थियो। यिनीहरूविरूद्ध तेजपुरको कछारीगाउँ थानामा एक मामिला (जीडीई ०३/२४) दर्ता गरियो जसमा यिनीहरूमाथि चर्च संगठनद्वारा आयोजित धार्मिक कार्यक्रममा भाग लिएको अनि भाषण दिएर भिजा नियमहरूको उल्लंघन गरेको आरोप लगाइएको छ। पुलिसले हिरासतमा लिइएका यी दुवै अमेरिकीलाई केही शर्तहरूमा रिहा गर्नअघि ०० अमेरिकी डलर (भारतीय मुद्रामा ४१,४८६ रुपियाँ)- को जरीमाना लगेको छ। अधिकारीहरूले घटनाको सम्बन्धमा भारतीय विदेश मन्त्रालयलाई जानकारी दिनका साथै दुवै व्यक्तिहरूलाई धार्मिक कार्यक्रममा सामेल नहुने चेताउनी जारी गरेका छन्।











