मणिपुर घटनालाई लिएर नारी शक्तिले दार्जिलिङमा विरोध रैलीको आयोजना गर्ने

IMG-20230724-WA0321.jpg

दार्जिलिङ: मणिपुरमा महिलामाथि भएको दर्दनाक घटनाको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्ति केन्द्रीय समितिले भर्त्सना गरेको छ। नारी शक्तिले ‘गोर्खा फर मणिपुर’ लेखिएको प्ला कार्डहरू लिएर आज दार्जिलिङमा पत्रकार सम्मेलन गरेका थिए। मणिपुर घटनाको विरोध गर्दै नारी शक्तिले अागामी २६ जुलाईको दिन विरोध रैलीको आयोजना गर्ने भएको छ। नारी शक्तिले उक्त रैली ‘गोर्खा फर मणिपुर’ निकाल्ने भएको छ। उक्त रैली दार्जिलिङको रेलवे स्टेशनबाट शुरु भएर चौरास्तासम्म आयोजना गरिने र चौरास्तामा पुगेर विरोध सभामा परिणत हुने भएको छ।

यस विषयमा पत्रकारहरूलाई सम्बोधन गर्दै नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधानले मणिपुरमा महिलामाथि दर्दनाक घटना हुँदा पनि मणिपुर राज्य प्रशासनले केही गर्न नसकेको बताएका छन्। उनले नारी शक्तिको आयोजनामा दार्जिलिङमा मणिपुर घटनालाई लिएर मणिपुर राज्य र केन्द्र सरकारको विरोधमा रैलीको आयोजना गरिने जानकारी गराएकी छन्।

About Author

Advertisement