मणिपुरमा ११ करोडको लागुऔषध बरामद

3657150-86.webp

इम्फाल(मणिपुर): मणिपुर पुलिसले एक महिलासहित चार कथित लागूऔषध तस्करलाई तस्करी विरुद्धको अभियानमा पक्राउ गरेको छ। पुलिसले तिनीहरुबाट एक किलो हेरोइन, एक किलो अफिम र एउटा कार पनि बरामद गरेको छ। तस्करी भएको लागुऔषधको अन्तर्राष्ट्रिय कालोबजारीमा करिब ११ करोड रुपियाँ मूल्य पर्ने पुलिसले मंगलबार जनाएको छ। चुराचन्दपुर जिल्लाबाट इम्फाल क्षेत्रमा तस्करीका सामान ओसारपसार गर्ने विश्वसनीय सूचना पाएपछि जिल्ला पुलिस कार्यालय विष्णुपले दुई जनालाई पक्राउ गरी कारवाही गरेको हो। कथित तस्कर मोहम्मद नूरहमान उर्फ नूरहमान (५१ वर्ष) र विष्णुपुर जिल्ला क्वाक्टाका इबेमलाई तेराखोङसाङ्बीबाट पक्राउ गरिएको हो। पुलिसले उनीहरुको साथबाट ५.५८७ किलोग्राम तौलको संदिग्ध अफिम र १.००६ किलोग्राम तौलको ब्राउन शुगर/हेरोइन भएको आशंका गरेको छ।मणिपुर पुलिसले इम्फाल पूर्व जिल्लाको खाबेसोईबाट उखुरुलका ४४ वर्षीय खायिङ लङ्गवा र कमजोङका नगाहानुई कासुङ (३) गरी दुई जनालाई पक्राउ गरेको छ।उनीहरुको साथबाट करिब एक किलोग्राम तौलको प्रतिबन्धित हेरोइन पाउडर र एउटा कार बरामद गरिएको छ।पक्राउ परेका तस्करलाई बरामद सामान र बरामद सवारी साधनसहित सम्बन्धित पुलिस थानामा बुझाइएको छ। थप अनुसन्धानका लागि एनडिपिएस मुद्दा दर्ता गरिएको पुलिसले जनाएको छ।

About Author

Advertisement