नयॉं दिल्लीः सुप्रीम कोर्टले मणिपुरमा दुई महिलाहरूलाई निर्वस्त्र घुमाएको घटनामाथि स्वतः संज्ञान लिएको छ। चीफ जस्टिस डीवाई चन्द्रचूड़को अध्यक्षताको बेन्चले भन्यो, ‘यी चित्रहरूले धक्का पुगेको छ। हिंसा प्रभावित क्षेत्रहरूमा महिलाहरूलाई सामग्री सरह प्रयोग गरियो। यदि राज्य सरकारले कारबाही गरेन भने हामी गर्ने छौ।’ मामिलाको अर्को सुनवाई २८ जुलाईमा हुनेछ।
आज चीफ जस्टिसले अटर्नी जनरल आर. वेंकटरमणी र सलिसिटर जनरल तुषार मेहतालाई कोर्टमा बोलाए। जब कोर्टमा सुनवाई शुरू भयो, चीफ जस्टिसले भने, ‘हिजो दुई महिलाहरूलाई निर्वस्त्र गरेर घुमाएको भिडियो चिन्ताको विषय हो। यो समय वास्तवमा सरकारले काम गर्नुपर्ने हो। यो अस्वीकार्य छ।’
कोर्टले भन्यो, ‘कुनै महिलाको प्रयोग साम्प्रदायिक विभाजन बढाउनको निम्ति गर्न सकिॅंदैन। यो मानवाधिकारको सोझो उल्लंघन हो। यो लोकतान्त्रिक संविधानको निम्ति सही होइन।’
-हिस










