सिलगढी: मणिपुरको घटनाले राज्यको राजनीतिमा हलचल मच्चाएको छ। घटनाको विरोधमा तृणमूल कांग्रेसका महासचिव अभिषेक ब्यानर्जीको निर्देशनमा पश्चिम बंगालका प्रत्येक ब्लकमा धिक्कार मार्चसहित विरोध र्याली निकालिएको छ। शुक्रबार, दार्जिलिङ जिल्ला युवा तृणमूलद्वारा सिलगढी डिभिजनका विभिन्न ब्लकहरूमा जुलुस र सडक बैठकहरू आयोजना गरियो। विधाननगर, बागडोगरा, मटिगढा, फाँसीदेवालगायत क्षेत्रमा आज युवा कांग्रेसले विरोध र्याली निकालेको छ। जसमा दार्जिलिङ जिल्लाका युवा अध्यक्ष निर्णय राई, अख्तर अली र तृणमूल कांग्रेसका कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।









