दार्जिलिङ: मणिपुरमा भई रहेको हिंसाको कारण त्यहाँ बसोबास गर्ने गोर्खाहरूले पनि शान्ति र स्वतन्त्रता गुमाउनु परेको कुरालाई चिन्ताको विषय रहेको गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका सञ्योजक किशोर प्रधानले बताएल छन्। उनले मणिपूरमा शान्ति फर्काउन सरकारले शिघ्र आवश्यक कदमहरू उठाउन पर्ने माग गरेका छन्। देश स्वाधिन हुन अघि देखि नै गोर्खाहरुले देशको निम्ति दिएको योगदान र बलिदानलाई अनदेखा गरेर आज गोर्खा जातिलाई नै बिभिन्न उपनामहरु दिने तथा अपमानित गर्ने गरेको घटनालाई पनि गम्भिरतापूर्वक लिँदै उनले देशको प्रत्येक राज्य व प्रत्येक भागमा बसोबास गर्ने गोर्खाहरु परिश्रम गरेर बाँचेको बताएका छन्। तर यस्ता परिश्रमी र देशको इतिहास सँग जोड़िएको जातिलाई बिभिन्न उपनामहरु दिएर अपमानित गर्नु दुर्भाग्यपूर्ण रहेको पनि बताएका छन्।











