मङ्पू साहित्यक संस्थानको ३४औं स्थापना दिवस पालन

IMG-20231223-WA0255

मङ्पू: मङ्पू साहित्य संस्थानको ३४औं  स्थपना दिवस आज मङ्पू विभागअन्तर्गत सार्वजनिक भवनमा सभापति  ए.के. गुरूङको अध्यक्षतामा सम्पन्न भयो। संस्थानले ३४ वर्ष पूरा गरेकोमा केक काटेर खुशी बाड्दै साहित्यक कार्यक्रमको शुरु गरियो। अंग्रेजी अनुवादक एस. एम. राईको प्रमुख आतिथ्यलगायत विशिष्ट अतिथिहरू डी. एस प्रधान,  रवीप्रसाद राई,  विन्ध्या गोतामे,  नन्द लामिछाने, विदुर छेत्री,बिज्ञान मिश्र, अनित खातीको उपस्थिति रहेको थियो।  माल्यार्पण गरिएपछि स्वागत सम्भाषण  उदय थुलुङले राखे त्यसपछि सचिव दीप थापा,  डी. एस. प्रधान अनि प्रमुख अतिथि एस. एम. राई दुई  शब्द राखे।

मङ्पू साहित्यक संस्थानको पक्षबाट समारोहका विशिष्ट अतिथिहरु डी.एस. प्रधान, एस.एम राई, ए.के गुरुङ बिदुर छेत्री, बिन्ध्या गोतामे, रवि प्रसाद राई, नन्द लामिछानेलाई मायाको चिन्ह प्रदान गर्दै सम्मान जनाइयो। सुभद्रा बम्जन, बिशोर कार्की, दुश्यंत रामुदामुले संचालन गरेको समारोहमा शारदा  उच्च माध्यमिक विधालयका नानीहरु निमा डोमा तामाङ, प्रियन्सा राई,ऋषिका  छेत्री, जेनु सुब्बा अनि याङ डोल्मा तामाङले कविता वाचन गरे। यसरी स्थापना दिवस समारोहमा   साहित्यक गोष्ठी पनि राखिएको थियो जसमा किरण थुलुङ, सुवास बस्नेत,सन्दीप दियाली,किरण किरात,अनि मिलन लामा “रुबाई”ले सुन्दर कविता अनि गजल वाचन गरे।

About Author

Advertisement