मंग्पु: मङ्पुमा स्वर साम्राज्ञी अरुणा लामाको पुण्यतिथि पालन गरिएको छ।
नेपाली सांगीतिक जगतका लोकप्रिय गायिका स्वर साम्राज्ञी अरुणा लामाको २६ औं पुण्यतिथि आज शरण उद्यान पार्कमा पालन गरियो। अरुणा लामा संरक्षण समिति मङ्पुको आयोजनमा सम्पन्न भएको आजको समारोहको सञ्चालन दिलीप शर्माले गरेका थिए।

आजको पुण्यतिथि समारोहमा गायक शिशिर गहतराजले स्वर साम्राज्ञी अरुणा लामाको प्रतिमामा दीप प्रज्वलन गरे भने किरण ब्लोनले धुप प्रज्वलन एवं पुष्पार्पण गरेका थिए। यसरी नै बाँसुरी वादक नवीन वाईबा, सुजीत थापा, प्रकाश राई, रजुना छेत्री अनि अन्य समाज सेवी व्यक्तित्वको बाहुलीबाट पनि अरुणा लामाको तस्वीरमा खदार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।









