मङ्पुमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको बैठक

IMG-20251115-WA0105

मङ्पु: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को केन्द्रीय समितिको विशेष बैठक आज मङपुमा सम्पन्न भएको छ। जीटीए प्रमुख कार्यपाल एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाको अध्यक्षतामा बसेको बैठकमा सन् २०२६ को पश्चिम बङ्गाल विधानसभा चुनाव प्रमुख एजेन्डा बनेको थियो। बैठकमा मतदाता सूचीको‌ विशेष गहन संसोधन (एसआईआर) सम्बन्धमा पनि चर्चा चलेको जानकारी केन्द्रिय प्रवक्ता केशवराज पोखरेलले दिएका छन्। उनले भारतीय जनता पार्टी अनि भारतीय जनता पार्टीको चुनाउ आयोगले एकजना पनि गोर्खाको नाम छुट्याएको खण्डमा, गोर्खा को हो हामी देखाउने छौं भनी बताएका छन्।

About Author

Advertisement