मङ्गन: मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैनको अध्यक्षतामा आज आगामी ७७औँ गणतन्त्र दिवस समारोहको तयारीका लागि समन्वय बैठक आयोजना गरिएको छ। बैठकमा एसडीएम सन्दीप कुमार, एएसपी बिजय सुब्बा, मङ्गन नगर पञ्चायतका एमईओ कारजोङ भोटिया, विभागीय प्रमुख र सम्बन्धित लाइन विभागका अधिकारीहरू सहभागी थिए।
बैठकमा कार्यक्रमको सफलता सुनिश्चित गर्न विभिन्न विभागहरूको भूमिका र जिम्मेवारीबारे छलफल गरिएको थियो। सुरक्षा, परेड, सांस्कृतिक कार्यक्रम, ट्राफिक व्यवस्थापन, स्वच्छता, बिजुली आपूर्ति र चिकित्सा सुविधा सम्बन्धित सबै तयारीहरूको विस्तृत समीक्षा गरिएको जिल्ला प्रशासनले जनाएको छ।
जिल्लापाल जैनले मर्यादित र सफल समारोहका लागि अन्तर–विभागीय समन्वयलाई महत्व दिँदै सबै तयारीहरू समयमै पूरा गर्न जोड दिएका छन्।








