मङपू श्रीकृष्ण प्रणामी गीता मन्दिरमा श्रीकृष्ण प्रकाट्य महोत्सव पालन

WhatsApp-Image-2024-08-26-at-20.02.51-1

मङपू: श्रीकृष्ण प्रणामी गीता मन्दिरमा श्रीकृष्ण प्रकाट्य महोत्सव भब्यताको साथ  पालन गरियो। सपना खडकाले संचालन गरेको धार्मिक अनुष्ठानमा सन्तमंगल विधालयका नानीहरुले गुरुबन्धना अनि सुन्दर नृत्य प्रस्तुत गरे। यसरी सुन्दरसाथ  हरिलाल छेत्रीले सबैलाई हार्दिक स्वागत जनाउदै धार्मिक प्रवचन   राखे। कार्यक्रममा धर्मप्रचारक राईगडबाट पाल्नु भएका माता रेखा सखी अनि धर्मप्रचारक महाराज रजितराज महाराज आशीर्वाद वचन उपस्थित सुन्दर साथ समक्ष प्रस्तुत गरे।

यसरी दोस्रो चरणको कार्यक्रमको संचालन सुरेश सुब्बाले गरेका थिए भने  हरिलाल   छेत्रीको बाहुलीबाट समाज सेवक बिक्रम राईलाई ‘मंगल नागारीक सेवा सम्मान’ले सम्मानित गरियो। मंगल सेवा फाउन्डेसन मङपूको पक्षबाट बिक्रम राईसँगै माध्यमिक तहमा प्रथम दर्जामा उतिर्ण हुने छात्र अनुपम छेत्री अनि उच्चत्तर माध्यमिक तहमा सर्वश्रेष्ठ अक लेउने छात्रा प्रतिष्ठा  छेत्रीलाई गुरुजी मंगल प्रज्ञा   पुरुस्कारले सम्मानित गरियो/आजको कार्यक्रमको प्रमुख अतिथिमा क्षेत्रीय सभासद रतन थापा अनि जीटीए दार्जीलिङ जिल्ला जनसम्पर्क अधिकारी विज्ञान मिश्र उपस्थित  थिए।

About Author

Advertisement