मङपूमा सुन्तला महोत्सव २०२३ को थीम गीतको लोकार्पण गरियो।

IMG-20231208-WA0240.jpg

मङपू: बिहीवार ७ दिसम्बर, २०२३ को दिउँसो ११ बजे सिन्कोना निर्देशालयको सिन्कोना हलमा सुन्तला महोत्सवको स्वागत गीत निर्देशक डा. शामुएल राईद्वारा बिमोचन गरियो। निर्देशालय, सिन्कोना अनि औषधीप पौधाहरू, पश्चिम बङ्गाल, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, दार्जीलिङ अनि खाद्य परिशोधन उद्योगहरू अनि बागवानी विभाग, पश्चिम बङ्गालको संयुक्त प्रयासमा आयोजना हुन गइरहेको सुन्तला महोत्सव आगामी १५ अनि १६ दिसम्बर २०२३ को दिन मङपूमा अनि सिटोङमा क्रमशः रूपमा सम्पन्न हुन गइरहेको छ। आजको यस सभामा उप-निर्देशक श्रीमती पी. एल. भोटियाले सुन्तला महोत्सव सारगर्भित सम्भाषण प्रस्तुत गरे। आजको सभामा सह-बागवानीविद डा. सान्तानु लायक, सह-व्यवस्थापक महम्मद मुस्ताफा, कुलैनविद प्रभारी डा. एस. के. मसदुल, स्पेशल अफिसर श्री निर्मल भुजेल, युडीसी श्रीमती उर्मिला तामाङ, स्टेनोग्राफर श्री सुदर्शन तामाङ लगायत कार्यालयका अन्य कर्मचारीवर्ग उपस्थित थिए।

यस गीतका गायक- गायिका श्री बेनु बम्जन (सङ्गीत संयोजक), सुश्री प्रतिशा तामाङ, म्युजिक प्रोग्रामिङ/मिक्स्ड/मास्टर/रेकर्डिङ-श्री गिदोन राई, हर्मोन स्टुडियो, मङ्पु, किबोर्डिस्ट- श्री बसन्त खाती, सुन्तला महोत्सवका यस गीतका रचनाकार श्री दीप थापा लगायत यस गीतका भिडियोग्राफर श्री रिन्छेन शेर्पा अनि कलाकार श्री युजेन लामा उपस्थित रहेका थिए। कार्यक्रम उप-निर्देशक महोदयको धन्यवाद पछि समापन गरियो।

About Author

Advertisement