मङपूमा विधानसभा चुनाव लक्षित गर्दै सशस्त्र सीमा बलद्वारा फ्ल्याग मार्च

FB_IMG_1776697823559

मङपूः मङपू क्षेत्रमा आगामी विधानसभा चुनावलाई लक्षित गर्दै शान्ति–सुरक्षा व्यवस्था कडा पारिएको छ। दार्जिलिङ जिल्ला अन्तर्गत पर्ने खर्साङ महकुमाको यस क्षेत्रमा सुरक्षा निकायलाई व्यापक रूपमा परिचालन गरिएको छ।
मङपू क्षेत्रमा शान्ति–सुव्यवस्था कायम राख्न प्रहरी तथा अन्य सुरक्षा बलहरू तैनाथ गरिएको छ। मङपू पुलिस आउटपोस्टका प्रभारी ओसी आईनुल हकको उपस्थितिमा सशस्त्र सीमा बल (एसएसबी) का जवानहरूले नालीडाँडा देखि रेसेप बजारसम्म फ्ल्याग मार्च गरेका छन्।
फ्ल्याग मार्चमार्फत सर्वसाधारणमा सुरक्षाको अनुभूति दिलाउने तथा कुनै पनि अप्रिय घटना हुन नदिन सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।
उक्त क्षेत्रमा २३ जनवरी २०२६ मा विधानसभा निर्वाचन हुने भएकाले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइएको बताइएको छ।

About Author

Advertisement