मङपूको सर्वनाम समूहद्वारा हिलटाइम्स पुरस्कार घोषणा

00-1-Photo
  • रङ्गू सौरियालाई ‘हिल टाइम्स साहसिक पुरस्कार २०२४’
  • प्रवीण खालिङलाई ‘हिल टाइम्स पत्रकारिता पुरस्कार’

मङपू: मङपूको सर्वनाम समूहले यसपाली आफ्नो स्थापना दिवसमा मानव तस्करी विरुद्ध अभियान चलाउँदै आएकी सामाजिक कार्यकर्ता रङ्गू सौरियालाई ‘हिल टाइम्स साहसिक पुरस्कार २०२४’ अनि सिक्किमका सुपरिचित पत्रकार प्रवीण खालिङलाई ‘हिल टाइम्स पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छl यो घोषणा हिलटाइम्सका प्रबन्ध निर्देशक केशर मोक्तानले आज एक पत्रकार सम्मेलनमा गरेका हुन्l आउँदो २८ सेप्टेम्बरमा मङपूमा अवस्थित रवीन्द्र  भवनमा आयोजना हुने सर्वनाम समूहको स्थापनाको कार्यक्रममा उनी दुवैलाई यो पुरस्कारले अलंकृत गरिने छl  

सर्वनाम समूहले स्थापना दिवसको सो कार्यक्रममा मङपूका दुई जना साहित्यक स्रष्टा  के बी गिरी साहित्यिक नाम (कृष्ण गिरी) अनि उपन्यासकार सी बी बान्तावालाई पनि सम्मानित गरिने कुरा संस्थाका संयोजक सुरेन्द्र थीङले पत्रकार सम्मेलनमा बताएका छन्। दार्जीलिङका प्रख्यात सांगीतिक टोली कार्निभल को सांगीतिक कार्यक्रमको प्रस्तुतिले स्थापना दिवसको कार्यक्रमलाईअझ बढी भव्य बनाउने छ।

पत्रकार सम्मेलनमा सर्वनाम समूहका प्रतिनिधिहरूl

 ‘हिल टाइम्स साहसिक पुरस्कार २०२४’द्वारा अलंकृत हुन लागेकी रङ्गू सौरियाले सन् २००४ देखि सिलगढीमा स्थापित भएको कन्चनजङ्घा उद्धार केन्द्रकी सचिव हुन्l कन्चनजङ्घा उद्धार केन्द्रबाट नै उनले आफ्नो ज्यान जोखिम राखेर भारतका विभिन्न ठाउँका रेडलाइट एरियाहरूबाट विभिन्न  क्षेत्रका छोरीचेलीहरूलाई कालो दुनियाँबाट उद्धार गरेर नयाँ जीवन जीउन साथै सामाजमा स्थापित गराउन सफल भएकी छिन्l कन्चनजङ्घा उद्धार केन्द्रले हालसम्ममा आठ हजार भन्दा बढीलाई विभिन्न किसिमका जोखिमपूर्ण ठाउँहरूबाट उद्धार गरिसकेकी छिन्l रङ्गू सौरिया भारतक सय शक्तिशाली महिलाहरूको सूचीभित्र पर्न सफल बनेकी छिन्l उनको साहसिक कार्यलाई कदर गर्दै उनलाई थुप्रै राष्ट्रिय पुरस्कारहरू प्रदान गरिएको छl ‘हिल टाइम्स साहसिक पुरस्कार २०२४’ले अलंकृत हुन लागेका पत्रकार प्रवीण खालिङ एक जना दक्ष पत्रकार हुनका साथै कवि हुन्l सन् २००५ देखि उनले दैनिक समाचार पत्र हाम्रो पहाड, नयाँ सिक्किम (मासिक पत्रिका), दैनिक पत्रिकाहरू समय दैनिक, सुनाखरी, प्रभात खबर (हिन्दी), द् टेलिग्राफ (अंग्रेजी दैनिकमा सिक्किमबाट फोटोग्राफर), अनुगामिनी (हिन्दी)मा काम गरिसकेका छन्l हालमा उनी हिन्दी दैनिक सन्मार्गको सिक्किम ब्यूरो चीफ हुन् भने हाम्रो खबर अनलाइनका सम्पादक हुन्l                 

सन् २०१९ मा मङपू क्षेत्रमा भाषा-साहित्य, शिक्षा, संस्कृति, संगीतको विकासलाई लक्ष्य बनाएर स्थापित भएको सर्वनाम समूहले सामाजिक क्षेत्रमा विशेष कार्य गर्दै आइरहेका व्यक्तिहरूलाई उर्जा प्रदान गर्ने कार्य गर्दै आइरहेको छl सन् २०२२ देखि समूहले प्रदान गर्ने कार्य शुरु गरेको छl  यसअघि ‘हिलटाइम्स साहसिक पुरस्कार २०२२’ टिस्टा रंगित रेसक्यु टीमका प्रमुख  शान्ति राई अनि सन् २०२३ मा  डुवर्स एक्सप्रेसका प्रमुख  राजु नेपालीलाई प्रदान गरिसकेको छ भने ‘पत्रकारिता पुरस्कार २०२३’ दार्जीलिङका सुपरिचित पत्रकार विवेक छेत्रीलाई प्रदान गरिसकेको छl

About Author

Advertisement