मंगपू: मंगपू युथ क्लबको आयोजनमा मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२४ शनिवारदेखि शुरु भयो। आज खेलिएको उद्घाटन म्याचमा जीत हासिल गरी दुईपल्टको च्याम्पियन आमुक्त परिवारले क्वार्टर फाइनलमा स्थान बनायो। मंगपू खेल मैदानमा भएको म्याचमा आमुक्त परिवारले दार्जीलिङको संकटा फूटबल क्लबविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट करण राईले २ गोल गरे। यसबाहेक अन्य दुईवटा गोल क्रिस र अजीत थापाले गरे। क्रिस-लाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा १० वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल क्रमशः २६ र २७ अक्टोबरमा हुनेछ। यसरी फाइनल ६ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा कोषाध्यक्ष सुदर्शन तामाङले जानकारी दिएका छन्।









