मंगन जिल्लामा फँसेका स्थानीय मानिसहरूलाई सुरक्षित पाकिम जिल्लामा ल्याइयो

IMG-20231016-WA0258.jpg

गान्तोक: गत ४ अक्टोबरको दिन बादल फाटेर टिस्टा नदीमा जलस्तर वृद्धि भएपछि यसले मंगन जिल्ला अन्तर्गत चुङथाङ, लाचेन र लाचुङ सम्पर्क विहिन बन्न पुगेको थियो। यसरी यातायात सम्पर्क विच्छेद बन्न पुगेपछि त्यहाँ फँसेका स्थानीय साथै पर्यटकहरूलाई उद्दार गर्ने कार्य शुरू गरिएको थियो। यसै क्रममा मंगन जिल्लाको विभिन्न स्थानमा फँसेका ३ हजार भन्दा अधिक पर्यटकहरूलाई सुरक्षित उद्दार गर्दै उनीहरूलाई आफ्नो घर पठाइसकेको छ। विशेष गरेर सेनाको हेलिकप्टरद्वारा उत्तर जिल्लाको विभिन्न स्थानमा फँसेका मानिसहरूलाई उद्दार गर्दै उनीहरूलाई सुरक्षित आफ्नो घऱमा पुऱ्याएको पनि विभागले बताएको छ।

यसै क्रममा आज सेनाको हेलिकप्टरले लाचेन, लाचुङ र चुङथाङमा फँसेका मानिसहरूलाई पाकिम जिल्लाको हवाइ अड्डामा ल्याएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। उल्लेखनीय छ, यातायात सम्पर्क विच्छेद बनेपछि परिवारसँग भेट गर्न नपाएका मानिसहरूलाई पनि सेनाले अहिले मिलाउने कार्य गरिरहेको छ। सोही प्रकारले सेनाको हेलिकप्टरले यातायात सम्पर्कबाट बञ्चित रहेको स्थानहरूमा राहत सामग्री पुऱ्याउने काम गरिरहेको छ।

About Author

Advertisement