मंगन जिल्लामा उपचुनाउ तयारी सम्बन्धि सभा सम्पन्न

IMG-20230411-WA0259.jpg

मंगनः आगामी २० अप्रेलको दिन मंगन जिल्ला अन्तर्गत नामोक स्वयेम जिल्ला पञ्चायतको निम्ति सम्पन्न हुने पञ्चायत उपचुनाउलाई लिएर पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो। आजको यस सभामा विशेष गरेर पञ्चायत उपचुनाउको तयारी साथै अन्य विषयहरूमा छलफल गरियो।

यस सभामा धार्मिक विभागका विशेष सचिव एवं चुनाउ पर्यवेक्षक किन्छो डोमा लेप्चा, पीठासीन अधिकारी एवं जिल्लापाल हेम कुमार छेत्री लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सभापछि प्रतिनिधिहरूले आगामी दिनमा सम्पन्न हुने उपचुनाउको निम्ति स्थापना गरिएको नयाँ स्ट्रङ रूमको पनि निरीक्षण गरेको बताइएको छ।

About Author

Advertisement