मंगनमा ‘वर्ल्ड मेन्टल हेल्थ डे’ पालन

n6345424611728570669880c40b1bb54c4f1e36039102685ea94160980c2007c49e6a727243a31f56d2b734

मंगन: मंगनको जिल्ला अस्पतालमा आज ‘वर्ल्ड मेन्टल हेल्थ डे’ पालन गरियो। राष्ट्रिय स्वास्थ्य अभियान, राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा आयोजित यस कार्यक्रमको थीम ‘कार्यस्थलमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने समय’ रहेको थियो।
कार्यक्रममा मानसिक स्वास्थ्य परामर्शदाताले मानसिक स्वास्थ्यमाथि वार्ता प्रस्तुत गरेका थिए। यस अवसरमा मंगन जिल्ला अस्पतालका सबै स्वास्थ्य देखभाल कर्मीहरूको निम्ति आरबीएस जॉंच, बीपी जॉंच, एचबी जॉंच सम्पन्न गरियो। होमियोपेथीका एमओ डा. डिकिला भोटियाले मानसिक स्वास्थ्यको कल्याणको महत्वमाथि वार्ता प्रस्तुत गरिन्।

About Author

Advertisement