भ्वाइस अफ् नेपालको सिजन-६ मा सिक्किमकी छोरी

IMG-20250218-WA0294

गान्तोक: राज्य सरकारले राज्यका धेरै प्रतिभाहरूलाई विभिन्न क्षेत्रमा अघि बढ्ने अवसर प्रदान गर्दै आएको छ। यसको फलस्वरूप राज्यका धेरै प्रतिभावान युवाहरूले देश विदेशमा आफ्नो प्रतिभाद्वारा सिक्किम राज्यलाई गौरवान्वित बनाउने कार्य गरिरहेका छन्। यस क्रममा हाल पाकिम जिल्ला अन्तर्गत रिनाक समष्टिकी अर्पणा आचार्यले पनि सिक्किमको नाम रोशन पार्दै नेपालको चर्चित रियालिटी शो द भोईस अफ नेपाल सिजन-६ मा प्रवेश गर्न सफल भएकी छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा पाकिम जिल्लाअन्तर्गत रिनाक समष्टिको ताजा निवासी रमेश आचार्य र उमा लुईटेलकी सुपुत्री अर्पणा आचार्यले नेपालको सबैभन्दा उत्कृष्ट र चर्चित रियालिटी शो द भोईस अफ नेपालको ब्लाइन्ड अडिशनलाई पार गर्दै अघि बढिरहेकी छन्। उनी अहिले प्रख्यात गायक उदय सोताङको टोलीमा प्रवेश भईसकेकी छन्। उनले मुख्यमन्त्री तामाङको मार्गनिर्देशन र आशीर्वादको निम्ति हार्दिक आभार व्यक्त गर्दै यो रियलिटी शो-मा अझ अघि बढ्न सबैको सहयोग र आशीर्वादको आवश्यकता परेको बताउँदै समस्त सिक्किमेली समुदायमा सहयोगको निम्ति आग्रह गरेकी छन्।

About Author

Advertisement