भोलि फ्लोर टेस्टमा जनमत आएपछि दार्जिलिङमा भागोप्रमोले १० हजार कार्यकर्ताहरू भेला पारेर बिजय उत्सव मनाउने

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलले आज दार्जिलिङको प्रेस गिल्डमा पत्रकार सम्मेलन बोलाएर भोलि दार्जिलिङ नगरपालिकामा कब्जा गरेपछि बिजय उत्सव मनाउने जानकारी गराएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै भोलि संवैधानिक रूपमा गणतान्त्रिक ढंगमा दार्जिलिङ नगरपालिकाको फ्लोर टेस्ट भईरहेको र यसमा हामीलाई चाहिएको म्यान्डेट छ र हामी भोलि हाम्रो १० हजार कार्यकर्ताहरूलाई भेला गरेर दार्जिलिङमा बिजय उत्सव मनाउने भएको पनि जानकारी गराएका छन्। केशवराज पोख्रेले अघि भने, भागोप्रमोके यथार्थवादी राजनीतिले नयाँ अध्याय लेख्नेछ। फ्लोर टेन्टमा बिजय हुने पूर्ण आशा छ। तर यहाँ भगौरेहरूले फेरि चलखेल शुरु गरेर नगरपालिकामा गणतान्त्रिक ढंगमा हुने फ्लोर टेस्टलाई वाधा दिनलाई राजनैतिक कार्यक्रम भईरहेको छ जुन शान्तीमय पहाड़लाई अशान्ती बनाउने प्रयास चलिरहेको छ। जनतालाई उस्काएर जनतालाई आन्दोलन गर्न लाउने षड्यन्त्र भईरहेको छ।’
पोख्रेलले अघि भने, ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा आफै नै एउटा मुहिम हो कि आफैलाई अघि लगाएर आफ्नो ज्यानको बाजी लगाएर पहाड़मा शान्ति कायम गर्न सक्षम बनेको हो। पहाड़मा दुईवटा चुनाव भयो तर कुनै अशान्ति भएन बरु धेरैले खुल्ला रूपमा चुनावमा सहभागिता जनाउन सकेको थियो। बरू चुनावमा भाग लिन्न भन्नेहरूले पनि लुकी लुकी भाग लिएका थिए।’

About Author

Advertisement