भोलि तीन जिल्लामा मतदान हुँदै

Screenshot_20240418_220724_Samsung-Internet.jpg

निर्वाचन सामग्री लिएर मतदान कर्मचारी प्रस्थान

जलपाईगुडी: भोलि राज्यमा लोकसभा चुनावको पहिलो चरण हो। भोलि अर्थात शुक्रबार जलपाईगुडी, अलिपुरद्वार र कुचबिहार लोकसभा निर्वाचन क्षेत्रहरूमा मतदान हुँदैछ। जलपाईगुडी जिल्लामा दुई डिसिआरसी खोलिएको छ। एउटा जलपाईगुडी इन्जिनियरिङ कलेजमा र अर्को मलबजार कलेजमा छ। आज बिहानैदेखि मतदान इन्चार्जहरु आउन थालेका छन्। उनीहरू इभिएम बक्सलगायत आवश्यक उपकरण लिएर बुथतर्फ प्रस्थान गर्ने तयारीमा छन् ।यस वर्ष जलपाईगुडी जिल्लामा कुल मतदाताको संख्या १८ लाख ८५ हजार ९६३ रहेको बताइएको छ। जसमध्ये पुरुष मतदाता ९ लाख ५८ हजार ६११ र महिला ९ लाख २७ हजार ३३९ छन्। जलपाईगुडी जिल्लामा कुल १९०४ बुथमा मतदान हुनेछ। जसमध्ये १४९ बुथ महिला कर्मचारीले सञ्चालन गरेका थिए। मतदान बिहान ७ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्म चल्नेछ। प्रत्येक बुथमा पर्याप्त केन्द्रीय बल रहनेछ।

About Author

Advertisement