भोटाङले चाँड़ै चाइनीड लाईनको बाटो पनि खोल्ने

19aefbea-6b9d-4ee0-89e1-3204b245198a

कालचिनीः छिमेकी राष्ट्र भोटाङले आगामी अप्रेल महीनाको पहिलो सप्ताहबाट जयगाउँ र फुन्छोलिङ भोटाङलाई जोड़ने जयगाउँ देवकोटा टोलको पुरानो बाटो चाईनीज लाईन खुल्ला राख्ने फसेला लिएको छ। शनिबार जयगाउँमा तृणमूल कङ्ग्रेसका कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले उक्त कुराको जानकारी दिएका छन्। जयगाउँ दुई नम्बर तृणमूल अञ्चल दलीय कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै तृणमूल कालचिनी ब्लक सभापति तथा टीसीबीएसयूका सभापति बिरेन्द्र बारा उराँवले भोटाङले चाईनीज लाईनको पुरानो बाटो खोल्ने चिट्ठी प्राप्त भएको बताउँदै चाईनीज लाईनको बाटो पैदलयात्रीको निम्ति २४ घन्टा खुल्ला राक्ने सहमति जनाएको र यसको निम्ति विगत १७ फरवरीको दिन मात्र एआईटीसीले भोटाङलाई यसको निवेदन चढ़ाएको बताए।
जुन काम यहाँका सांसद र विधायकहरूले गर्नु पर्ने थियो त्यो काम तृणमूलले गरेर देखाएको पनि भाजपामाथि तिनले कटाक्ष गरे। जयगाउँबाट फुन्छोलिङ आउजाउ गर्ने पैदलयात्रीको संख्या दैनिक ३ हजार भन्दा कम नरहेको र भोटाङले चाईनीज लाईनको बाटो खोलेपछि पैदलयात्रीको निम्ति सजिले हुने तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले थप जनाएका छन्।

About Author

Advertisement